• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
स्वास्थ्य

ललितपुर महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै

ललितपुर । ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ। 

 

भेरोसेलको पहिलो डोज लगाउनका लागि २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ। साउन १५, १६, १७ गते खोप कार्यक्रम हुनेछ। 

 

४५ वर्षमाथिका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउने छन्। महानगरका अनुसार १८ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप पनि लगाइनेछ। यसका लागि छिट्टै खोप तालिका सार्वजनिक गरिने महानगरले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार