• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

मिल्यो भागबण्डा,कांग्रेसले ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने

काठमाडौं । सत्तारुढ गठबन्धनले एमाले नेता नेपाल समुहको सहभागिता विनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । आज बिहान बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफल बैठकमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो।

 

बैठकले कांग्रेसले प्रधानमन्त्री सहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एक नेताले बताएका छन् । उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइनेछ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको नेताको भनाइ छ । 

 

मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको भन्दै ती नेताले खोल्न चाहेनन् । राज्यमन्त्रीमा कसलाई कति भन्ने टुंगो लागेको छ । यता माधव समहुलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार