• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

चार पूर्व मन्त्रीहरुको रिट हेर्न नभ्याइने सूचीमा

काठमाडौं। नेकपा माओवादी केन्द्रबाट पदमुक्त ४ जना प्रतिनिधिसभा र १ जना प्रदेशसभा सदस्यले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट आज बिहीवार हेर्न नभ्याइनेमा परेको छ ।

 

न्यायाधीश दिपककुमार कार्कीको इजलाशमा परेको रिट हेर्न नभ्याइने सूचना सर्वोच्चले दिएको छ। आफूहरु नेकपा एमाले प्रवेश नगरेको र हालसम्म पनि माओवादी केन्द्रकै नेता रहेको भन्दै सांसद पद कायम राख्न माग गर्दै उनीहरु सर्वोच्च पुगेका थिए । 

 

प्रतिनिधिसभा सदस्य लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र पदमुक्त प्रदेशसभा सदस्य दधिराम न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार