• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

थप ३ हजार ३६५ जनामा कोरोना पुष्टि,१ हजार ३७३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ५० हजार २२ पुगेको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २४२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

देशभर १ हजार ३७३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा देशभर १४ हजार २४२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३८ लाख ९३ हजार ६५२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार