शिव शंकरले ल्याए गाइजात्रे झटारो ‘ओम बकम्फुसाय नम’
काठमाडौं । ‘गाईजात्रा’ हास्य र ब्याङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ। यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दैछन्। आगामी भदौ ७ गते परेको गाइजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले यो बर्षको लागि आफ्नो गाइजात्रे कमेडी कोसेली ‘ओम बकम्फुसाय नम’ ल्याएका छन्।
देशको समसामयिक राजनीतिक, राजनीतिक दल र बिकृति विसंगती प्रति तिखो प्रहार गर्दै उनले ‘ओम बकम्फुसाय नम’ ल्याएका हुन्। रिजालको यो पटकको गाइजात्रे कोसेलीमा पनि एक प्यारोडी गीत सहित र प्रहसन समेत समेटिएको छ । प्रहसनको केन्द्र भने तीन बर्षबढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलाप बनेका छन् ।
प्रहसन तथा प्यारोडीको भिडियो पनि बनेको छ। जुन ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत बुधबार साँझ सार्वजनिक गरिएको छ। दुई दशकदेखि गाइजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘ओम बकम्फुसाय नम’ २० औं कोसेली हो । गतबर्ष उनले ‘लकडाउन’ नामक गाइजात्रे कोसेली ल्याएका थिए ।
हास्य कलाकारका लागि गाइजात्रा एउटा महान उत्सव भएकोले लामो समयदेखि यो बर्षमा गाइजात्रे कोसेली ल्याउने गरेको रिजालले बताए। ‘गत बर्ष मेरो ‘लकडाउन’ नामक गाइजात्रे कोसेली आएको थियो । यो धेरैले हेरे, टिकटक लगायत सामाजिक संजालमा समेत भाइरल भयो’ रिजालले भने ‘म हरेक बर्ष आफ्नो पर्सनल गाइजात्रे कोसेली ल्याउने गरेको छु ।’ अन्य कलाकारसँग मिलेर आउने गाइजात्रे कोसेली पनि आउँने गरेकोर यो बर्ष पनि आउने रिजालले सुनाए ।
रिजालले ‘हुकुम बक्सियोस’ गीतलाई यसमा प्यारोडी मार्फत नेताहरुको रमाईलो प्रस्तुति समेटेका छन्। गाईजात्रे प्रस्तुतिको भिडियोमा रिजालको अलवा अलवा दमन रुपाखेती, शशी बिक्रम थापा, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमल्सिना ‘नक्कली ओली’, सबु लामिछाने, बेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंह लगायतको अभिनय रहेको छ । गायिका राधिका हमाल भिडियोमा राष्ट्रपतिको भुमिकामा देखिएकी छन्। भिडियो समेत रमाइलो बनेको छ ।
प्रतिकृया दिनुहोस