• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिमण्डल विस्तारबारे छलफल हुने

काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। बुधबार छलफल गरेका सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू आज पनि बैठक बस्न लागेका हुन् । 

 

बिहीबार (आज) बिहान साढे आठ बजेका लागि बैठक तय गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने उक्त बैठकले मन्त्रिपरिषद विस्तारलगायत विभिन्न नियुक्तिहरुबारे छलफल गर्ने बताइएको छ । सरकारमा सहभागी हुने दल र मन्त्रालयहरुको भागबण्डामा टुंगो लाग्न नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको छ ।

 

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चा रहेका छन् । ती दलका शीर्ष नेताहरुबीच पछिल्लो समय छलफलको क्रम निरन्तर चलिरहेछ। सरकारमा एमाले माधव समूह तथा जसपा पनि सहभागी हुने भएकाले मन्त्रालय भागबण्डाको विषय जटिल बनेको बताइन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार