• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ ।

 

एन्फा कम्प्लेक्समा बस्ने बैठक शुक्रबार अपरान्ह ४ बजेका लागि डाकिएको किरण राईले बताए । बैठकमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि लगाईएको आरोपबारे छलफल हुनेछ ।

 

मुख्य प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गरेका थिए। अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका थिए । तर, उनले औपचारिक रुपमा एन्फालाई राजीनामा पत्र भने बुझाएका थिएनन्।

 

नेम्बाङले अलमुताइरीको आरोपको खण्डन गर्दै आफूमाथि षडयन्त्र भएको बताएका थिए। उनले छानबिन गर्न एन्फालाई ज्ञापनपत्र समेत बुझाएका थिए। छानविनबाट आफू दोषी देखिए पदबाट राजीनामा दिने पनि नेम्बाङले घोषणा गरेका छन् ।

 

यस्तै नेपालमा १३ औं साफ च्याम्पियनसिप आयोजना गर्नेबारे छलफल हुनेछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजना गर्नको लागि औपचारिक प्रस्ताव गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार