• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

एमसीसीले राखेका सम्झौंता जस्ताको त्यस्तै पारित गरिए त्यो राष्ट्रघाती हुनेछ : भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग सम्झौंता (एमसीसी) जस्ताको त्यस्तै पारित नगर्न सरकारलाई सचेत गराएका छन ।

 

एमसीसीले राखेका सम्झौंता जस्ताको तस्तै पारित गरिए त्यो राष्ट्रघाती हुने उनले टिप्पणी गरेका छन। एमसीसीको विपक्षमा उभिएका रावलले बुधबार ट्वीट गर्दै एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने र देश उपनिवेशकरण तर्फ धकेलिने भन्दै  आलोचना गरेका छन ।

 

रावलले लेखेका छन, 'नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ ।

 

यस्तो काम सरकार र पार्टीले नगरून्। यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।’


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार