• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

हिमाल सागरको 'तिमी छौ र' मा अभिनेत्री नन्दिता केसी

काठमाडौं ।  'तिमी छौ र' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक  सागरको यस गीतमा स्वर, शब्द र संगीत रहेको छ ।  

 

मायालु प्रतिको  प्रेम भाव प्रस्तुत गरिएको यस गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन् । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियो निकै आकर्षक र स्तरिय बनेको छ। भिडियोमा  शैलेश घलेको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो ।  

 

हाल अमेरिकामा रहेकी नन्दिता केसी धेरै पछि भिडियोमा देखिएकी छिन्। उनलाई पहिलोपटक भिडियोमा डेब्यु गरेका व्यवसायी पुर्ण लम्सालले साथ दिएका छन् ।

 

  पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । 

 

भिडियो : 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार