• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

टोकियो ओलम्पिकमा गौरिकाको प्रतिस्पर्धा आज

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा आज (बुधबार) नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

 

ओलम्पिक अन्तर्गत बुधबार नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्नेछिन्।

 

गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

 

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन्। यस हिटमा ४ खेलाडी छन्। हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन्।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार