• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक समूह अन्तरगतको १२,५८७ कित्ता शेयर बिक्री गर्ने भएको छ ।

 

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ। संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

 

यसका साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वाजो कोही व्यक्ति,कम्पनी,संघ,संस्थाहरुले यही श्रावण १४ गते देखि भाद्र ८ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण बिवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार