• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

राज कुन्द्रा सहित अश्लील चलचित्र उत्पादन गर्ने अहिलेसम्म ९ जना गिरफ्तार

काठमाडौं । अश्लील चलचित्र बनाएको आरोपमा चर्चित व्यवसायी राज कुन्द्राको गिरफ्तारी भारतीय सञ्चारमाध्यममा मुख्य समाचार बनिरहेको छ।

 

कुन्द्रा ब्रिटिश नागरिक हुन् र बलिउड चर्चित नायिका शिल्पा सेट्टीका पति हुन् । उद्योगपति कुन्द्रा संसारकै सबभन्दा धनी क्रिकेट प्रतिस्पर्धा इन्डियन प्रिमियर लीगको एउटा टोलीका मालिक पनि हुन्।

 

४५ वर्षीय कुन्द्रालाई अश्लील सामग्री उत्पादन गर्ने समूहको 'प्रमुख सदस्य रहेकोु र इन्टरनेटमा राखिएका यौन भिडियोमा अश्लील दृश्य दिन केही महिलालाई बाध्य बनाएको दाबी प्रहरीले गरेको छ।कुन्द्राले कुनै पनि गलत काम नगरेको बताएका छन्।

 

उनका कानुनी सल्लाहकार आबाद पोन्दाले कुन्द्राको 'गिरफ्तारी गैरकानुनीु भएको बताएका छन् । फ्रेवअरीदेखि सुरु भएको अश्लील चलचित्रसम्बन्धी अनुसन्धानमा अहिलेसम्म नौ जना गिरफ्तार भएका छन् ।

 

गिरफ्तार हुनेमा अभिनेता, उत्पादक र कम्पनीका कार्यकारी रहेका छन्। आरोपितहरूले महिलालाई आकर्षित गर्न झुटा आश्वासन दिएको पनि प्रहरीले जनाएको छ ।

 

भाडामा लिइएको घरमा बनाइएका भनिएका भिडिओहरू त्यसपछि मोबाइल फोन एपहरूमा राखिएको थियो। यस्तो एपको चार लाख जति ग्राहक रहेको र उनीहरूले २०० देखि ४०० भारतीय रुपैयाँ मासिक तिर्ने गरेको बताइएको छ। प्रहरीका अनुसार कुन्द्रा ती अश्लील चलचित्र बनाउने एक कम्पनीका मालिक हुन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार