• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
देश/प्रदेश

कांग्रेस युवा नेता सुवन गिरीको अगुवाईमा एकदर्जन युवा नेपाली कांग्रेस प्रवेश

काठमाडौं । नुवाकोट जिल्लाको सूर्यगढी गाँउपालकिा वडा न.४ हल्देकालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जन बढि युवा नेपाली कांग्रेस प्रवेश गरेका छन । उनीहरुलाई पुर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले पार्टीको सदस्यता प्रदान गरेका थिए । 

 

यस्तै क्षेत्रीय सभापति धु्रव श्रेष्ठ, सचिव रामजी पौडेल, महाधिवेशन प्रतिनिधी कृष्ण मिश्र, सुर्यगढी गाउँपालिका नेपाली कांग्रेसका संयोजक एवं गाउँपालिका अध्यक्ष सन्त बहादुर घले, इकाई सभापति रामचन्द्र बोगटी, प्रकाश पण्डित, नेपाल तरुण दलका नेता प्रदिप थापा, वीपी युथ सर्कलका वागमती प्रदेशका अध्यक्ष सुवास कट्टेल, हरि पौडेल, शंकर थापा मगर लगाएतले एक दर्जन युवालाई फुलमाला र टिका लगाई पार्टी प्रवेश गराएका थिए।

 

 

कांग्रेस प्रवेश गर्नेहरुमा निकेश थापा मगर, बिकास थापा मगर, पुर्णबहादुर थापा मगर, सुरज थापा मगर, निरज थापा मगर, जगबहादुर थापा मगर, मदन थापा मगर, रमेश राणा मगर र कासिङ थापा मगर रहेका नेपाली कांग्रेसका युवा नेता सुवन गिरीले बताए । 

 

नव प्रवेशीले कम्युनिस्ट विचारधारामा रहेर समाज सेवा गरिरहेको तर पछिललो समय कम्युनिस्ट भन्न पनि लाज मर्दो विषय बनेकाले कांग्रेस प्रवेश गरेको बताए। उनीहरुले देशको भविष्य हेर्ने पाटी कांग्रेस मात्र भएको बताएका छन ।

 

 

यस्तै युवा नेता सुवन गिरीले गाँउ समाजमा गरेको समाजसेवा तथा सामाजिक क्रियाकलापबाट झन प्रभावित बनेर कांग्रेस प्रवेश गरेको उनीहरुले उल्लेख गरे। उनीहरुले भोलीका दिन कांग्रेसमा रहेर देश समाज र जनताको सेवा गर्ने बताए । युवा नेता गिरीले नवप्रवेशीहरुको आगमनले  सुर्यगढीमा कांग्रेसलाई थप मजवुद बनाउने धारणा राखे । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार