• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

अब कांग्रेस र कम्युनिस्टको बिकल्प राप्रपा मात्र हुनसक्छ : कमल थापा 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच बैचारिक, चरित्रगत, नितीगत कार्यशैलीमा भिन्नता नरहेको बताउँदै कांग्रेस र कम्युनिस्टको बिकल्प राप्रपा मात्र हुनसक्ने बताएका छन् । 

 

आज काठमाडौंको क्षेत्र नं.५ (क) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले १४ बर्ष अघि आमुल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको बताए । थापाले मुलुकमा ब्याप्त बिकृती, विसंगती र बेथितीको अन्त्य चाहने हो भने अब जनताको रोजाई राप्रपा हुनुपर्ने बताएका छन् । 

 

धर्मनिरपेक्षताको आडमा संगठित र योजनावद्ध रुपमा सनातन धर्ममाथि आक्रमण भईरहेको बताउँदै थापाले प्रमुख नेताहरुको अकर्मण्यताले विदेशी चलखेल बढेको समेत बताए। नेपालीको पहिचान, राष्ट्रिय एकताको आधार, समाज, राष्ट्र र परिवार संचालन गर्ने आधारलाई नष्ट गरेर विदेशी संस्कृति र धर्म लाद्ने काम भएको अध्यक्ष थापाले आरोप समेत लगाए।

 

पार्टीको महाधिवेशन र स्थानीय तहको निर्वाचाको तयारी तीब्र पार्न कार्यकर्ताहरुलाई निर्देशन दिदै थापाले संगठन सुदृढीकरण, सकृय सदस्यता बितरण अभियान र जनताको सुखदुखमा उच्च प्राथमिकता साथ काम गर्न आग्रह गरे । कांग्रेस र कम्युनिस्टको असफलता, भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्दै देशव्यापी आन्दोलनमा जानुपर्ने आवश्यक्ता औल्याउँदै थापाले जनताले बिकल्प खोजेका छन्, अबको बिकल्प राप्रपा बनाउनको निमित्त सक्रियता पुर्वक काम गर्न जोड दिए । 

 

कार्यक्रममा नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य न्युक्षे महर्जन सहित सयौं राप्रपा प्रवेश गरेका छन् । कार्यक्रममा पार्टीका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ्ग, काठमाण्डौ जिल्ला अध्यक्ष नवराज सिंखडा, केन्द्रीय सदस्य केशव रेग्मी लगायतले आफ्नो धारणा राखेका थिए भने कार्यक्रम क्षेत्र नं। ५ ९क० का अध्यक्ष अमित थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार