• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

मौसम पूर्वानुमान महाशाखा : केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

बिहीबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । 

 

यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार