• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
राजनीति

भीम रावललाई माधव नेपालले भने– राजीनामा फिर्ता लिनुस्

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पार्टी नेता भीम रावललाई भेटेर फर्किएका छन् ।  

 

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सांसद पदबाट राजीनामा दिएका नेता भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेको नेपाल समुहका एक नेताले बताए । 

 

माधव नेपालले पहिले केही नभनी राजीनामा फिर्ता लिन आग्रह गर्नुभयो । 'राजीनामा फिर्ता लिएपछि अरू कुरा गर्दै गरौंला भन्नुभएको छ,' ती नेताले भने ।

 

केहीदिन अघि शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसदबाट राजीनामा दिएका नेता रावललाई भेट्न नेपाल टोखा पुगेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार