• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

थप २८३८ जनामा कोरोना पुष्टि, ३० को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  ३० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको  मन्त्रालयले उल्लेख गरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार