• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज राती वेइजिङ उड्ने

काठमाडौं । ‘भेरोसेल’खोप ल्याउन दोस्रो पटक नेपाल वायु सेवा निगमको जहाज आज राती ११ बजे वेइजिङ उड्ने भएको छ ।

 

गत विहिबारनै खोप ल्याउन बेइजिङ उड्ने तालिका तय भए पनि चीनले तयारी नपुगेको भन्दै छ दिन रोक्न भने पछि आज जहाज त्यसतर्फ जान लागेको निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले जानकारी दिएका छन ।

 

निगमले खोप ल्याउनका लागि बुधबार, विहिबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ ।सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार