• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

उपचार खर्च राज्यकोषबाट दिन मिल्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतमा गरिएको उपचार खर्च राज्यकोषबाट व्यहोर्नु  कानुन विपरीत भएको टिप्पणी गरेका छन ।

 

पूर्वस्वास्थ्य मन्त्री समेत रहेका  थापाले जनस्वास्थ्य ऐनअनुसार विदेशमा उपचार गराइरहेका व्यक्तिलाई सरकारले उपचार खर्च ब्यहोर्न नमिल्ने बताएका हुन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले खनाललाई फोन गरेर उपचार खर्च सरकारले ब्यहोर्ने बताए पछि थापाले यस्तो टिप्पणी गरेका हुन ।

 

'कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ', उनले लेखेका छन । खनाललाई उपचार गराउन परिवार, पार्टी नै लागिरहेको पनि थापाले उल्लेख गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार