• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

आजबाट कथाघेराको युट्युब च्यानलबाट 'अ गुड अपोलोजी' रिलिज हुँदै

काठमाडौं। कथाघेराले लकडाउनको समयमा हरेक बुधबार प्लेब्याक थिएटर जुमबाट संचालन गर्ने गरेको थियो। प्लेब्याक दर्शकले आफ्नो भोगाइ,अनुभव र भावना साट्ने,भारी बिसाउने ठाउँ हो।

 

यहाँ दर्शकका अनुभवलाई विभिन्न 'फर्म' मा देखाइन्छ। 'प्लेब्याक' मा सुनाएका भोगाइ,अनुभवलाई बाहिर गएर कहिँ कतै सुनाउन पाइदैँन। गोपनियताको कदर गरिन्छ। प्लेब्याकको प्रक्रिया एकदम संवेदनशील हुन्छ र समानुभुतीका लागि पर्याप्त स्थान हुन्छ।

 

प्लेब्याककै कथा परिवेशमा रहेर पहिलो लकडाउन खुलेको बेला कथाघेराले सर्ट फिल्म बनाएको छ 'अ गुड अपोलोजी' जुन २१ जुलाई अर्थात  साउन ६ गते बुधबार  कथाघेराको युट्युब च्यानलबाट रिलिज हुनेछ। 

 

सुदाम सिकेको निर्देशन रहेको 'अ गुड अपोलोजी' मा आकांक्षा कार्की, सचिन मल्ल, बिनिता गुरुङ, अर्चना पन्थी, रोशनी स्याङ्बो, इंगि होपो कोइच सुनुवारको अभिनय रहेको छ। सर्ट फिल्मको सहायक निर्देशकमा सेबिता अधिकारी रहेकी छिन्।

 

फिल्मलाई रजिला श्रेष्ठले खिचेकी छिन् भने क्यामेरा असिस्टेन्टमा संगम राई र बबिन दुलाल रहेका छन्। यसको ब्यागराउन्ड स्कोर रोहित शाक्यले गरेका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार