• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

कमेडी च्याम्पियनका प्रतिस्पर्धी भरतमणीले पाउने भए ६ लाख रुपैयाँ पुरस्कार

काठमाडौं । कमेडी च्याम्पियन सिजन २ का प्रतिस्पर्धी भतरमणी पौडेलले ६ लाख रुपैयाँ राशीको पुरस्कार पाउने भएका छन्। पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश भट्टराईको अग्रसरता र संयोजनमा सो पुरस्कार दिईने घोषणा गरिएको हो । 

 

भट्टराईले व्यक्तिगत रुपमा एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी छ लाखको पुरस्कार घोषणा गरिएको हो। सो पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिनेछ। 

 

ताप्लेजुङका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको टप ६ मा प्रतिस्पर्धा गरिरहेका छन्। जिल्लाको उदाउदो कलाकारलाई प्रोत्साहन स्वरुप सो पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताए। उनकै संयोजनमा काठमाडौंमा उपलब्ध ताप्लेजुङकासंघ संस्थाका प्रतिनिधीहरुको भेलामा उनले जिल्लाबासीका नाताले सबैले पौडेललाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे। 

 

भट्टराईले जिल्लाका विभिन्न क्षेत्रका प्रतिभा तथा कलाकारहरुलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम पुरस्कार र अक्षय कोषसमेत स्थापना गर्दै आएका छन्। कलाकारिताको सम्मान गर्न सकियो भने संस्कृतिको सम्मान हुने धारणा राख्दै नव प्रतिभालाई अघि बढ्ने वातावरण बनाउन सदैव अग्रसर हुने उनले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार