• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

एमाले केन्द्रीय कमिटी बैठक सकियो,नेपालसहित २२ सांसदलाई कारबाहीबारे निर्णय भएन

तस्बिर : राजन काफ्ले

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदहरुलाई कारवाहीबारे कुनै निर्णय भएको छैन ।

 

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरुलाई यसअघि पार्टीले २४ घण्टे स्पष्टीकरण सोधे पनि पार्टीबाट निष्कासन गर्ने कि नगर्ने विषयमा कुनै छलफल नभएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

 

बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । बैठकमा १० बुँदे सहमति पत्र बाँडिएको थियो । माधव नेपाल समूहका २२ सांसदलाई २४ घन्टाको स्पष्टीकरण नेकपा एमालेले सोध पनि उनीहरुले कुनै जवाफ दिएनन् । उनीहरुले स्पष्टीकरणको जवाफ नदिए पनि कारवाही गर्ने विषयमा कुनै निर्णय गरेको छैन ।

 

केन्द्रीय कमिटीको बैठक भोलि बुधबार ३ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार