• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
राजनीति

प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष ‘प्रचण्ड’ भेट्न खुमलटारमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् । 

 

देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेको बताइएको छ ।

 

प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, सोही क्रममा आज खुमलटार पुग्नुभएको हो, अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाले बताए । उनी केहीबेरअघि प्रचण्डलाई भेट्न उनको निवास पुगेका हुन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार