• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
राजनीति

भौतिक उपस्थित हुन नसके ‘डिजिटल भोटिङ’

काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा भौतिक उपस्थित नभए ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ ।

 

 कोरोनाका कारण भौतिक उपस्थित हुन सक्ने अवस्था नभए नेपाली कांग्रेसले पार्टीको आगामी १४औं महाधिवेशमा  ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ ।

 

नेपाली कांग्रेसले मंगलबार एक विज्ञप्ती जारी गर्दै ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिइसकिएको उल्लेख गरेको छ  ।

 

‘कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।

 

‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत बैठकले तय गरेको छ भने जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको छ ।

 प्रविधि मैत्री अभियान अन्तर्गतको थप प्रगति बारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरुप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने निर्णय बैठकले गरेको छ   ।

 

पार्टीको १४ औं महाधिवेशनको प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने निर्णय बैठकले गरेको छ । त्यस क्रममा बिषय केन्द्रित प्रचारलाई गहन बनाउन केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।

 

महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधार लगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै कृयाशिल सदस्यबीच पु¥याउन आवश्यक दृष्टिगत गरि केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव दिनेश थापा मगरलाई दिइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार