• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुनको मूल्यमा फेरी चारसय बढ्यो

काठमाडौं । आज मंगलबार पनि सुनको मूल्य बढेको छ। सुनको मुल्य फेरि चार सय रुपैयाँले बढेको हो ।

 

सुन तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

यस्तै मंगलबार तेजाबी सुनको मूल्य समेत प्रतितोला ४०० रुपैयाँले नै बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

 

यसैगरी चाँदीको मूल्य भने मंगलबार घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी मंगलबार १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार