• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

भरतपुरलाई कृषि मैत्री महानगर बनाउन काम भइरहेको छ : महानगरपालिकाका प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई कृषि मैत्री महानगर बनाउन आवश्यक निती नियम र कार्यक्रम तर्जुमा गरेको बताएकी छन ।

 

भरतपुर महानगरपालिकाले दुध उत्पादक किसानहरूलाई १ रूपयॉ प्रतिलिटर अनुदानलाई ३ रुपैंया प्रतिलिटर बृद्धि गरेको छ ।

 

अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख दाहालले महानगरले उत्पादन लागत घटाई उत्पादकत्व बृद्धि गर्न कृषिमा आधुनिककरण र यान्त्रिकीकरण गर्ने सबैलाई ५० प्रतिशत लागत अनुदान समेत दिईरहेको बताईन् ।

 

 

उनले दुग्धसंगै तरकारी, मत्स्य तथा मासु जन्य उत्पादनको क्षेत्रमा समेत महानगरले अनुदानका लागि काम गरिररहेको जानकारी दिइन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार