• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
बिश्व

जापानमा मानिसलाई 'हराउन मद्दत गर्ने' कम्पनी

काठमाडौं । विश्वभरि चाहे अमेरिका, जर्मनी, यूके जहाँसुकै होस् केही मानिसहरू आफ्नो जीवनबाट हराउने निर्णय गर्छन्। धेरैजसो कहिल्यै पछाडि नफर्किने गरी दोस्रो जीवन सुरु गर्न आफ्नो घर, जागिर, परिवारलाई छोड्छन्।

 

जापानमा, यस्ता मानिसहरूलाई 'जोहात्सो' भनिन्छ। जापानी शब्दमा 'वाष्पीकरण' लाई जोहात्सो भनिन्छ। तर जो मानिस कुनै प्रयोजनका लागि वर्षौँ वा दशकौँसम्म पनि गायब हुन्छन् उनीहरूलाई पनि जोहात्सो भनिन्छ।

 

म मानवसँगका सम्बन्धबाट वाक्क भएँ। एउटा सानो सुटकेश बोकेर गायब भएँ,' ४२ वर्षीय सुगिमोटोले भने। उनले आफ्नो थरमात्रै भन्न चाहे। 'म भागेजस्तै हो।' उनले आफ्नो सानो गृहनगरमा परिवारका र उनीहरूको प्रभावशाली स्थानीय व्यापारका कारण आफूलाई सबैले चिन्ने गरेको बताए।

 

त्यो पहिचानलाई सुगिमोटोले जारी राखुन् भन्ने परिवारको अपेक्षा थियो। तर त्यो भूमिका आफूमाथि थोपरिँदा त्यसले यति दबाब पर्‍यो उनले अचानक कसैलाई आफू कहाँ जाँदैछु नभनेर सधैँका लागि गृह नगरबाट अलप भए।

 

जोहात्सुलाई अलप हुनका लागि प्रेमविहीन विवाहदेखि छुटकारा पाउन नसकेका ऋणसम्म फरक फरक कुरा कारक बन्छन्। कारण जे भए पनि यो प्रक्रियाबाट गुज्रिँदा मद्दत गर्ने कम्पनीमा उनीहरू पुग्छन्।

 

यसलाई नाइट मुभिङ अर्थात् 'राति सुटुक्क घर सर्ने' सेवाहरू भनिन्छ जसले जोहात्सु बन्ने गोप्य प्रकृतिको सङ्केत गर्छ। यसले आफ्नो जीवनबाट अलप हुन चाहने मानिसहरूलाई मद्दत गर्छ र गोप्य ठाउँमा बस्ने बन्दोबस्त मिलाउँछ। 'सामान्यतया, विश्वविद्यालयमा पढ्नका लागि, नयाँ जागिर पाएर वा विवाह गर्ने जस्ता सकारात्मक कारण नै यस्तो गरिएको हुन्छ।'

 

'तर केही चाहिँ विश्वविद्यालयबाट निकालिएर, जागिर गुमाएर वा आफ्नोबारे चियोचर्चो गर्नेबाट छुटकारा पाउन पनि यस्तो गर्छन्,' सन् ९० को दशकमा जापानमा आर्थिक कठिनाइका बेला 'राति सुटुक्क घर सर्ने' कम्पनी स्थापना गरेका शो हतोरीले भने।

 

सुरुमा त आर्थिक सङ्कटकै कारण मानिसहरू समस्याग्रस्त जीवनबाट भाग्न चाहेको उनले ठाने। तर लगत्तै यसका 'सामाजिक कारण' पनि रहेको उनले पाए। 'हामी मानिसहरूलाई दोस्रो जीवन सुरु गर्न मद्दत गर्छौँ,' उनले भने।

 

समाजशास्त्री हिरोकी नाकामोरीले एक दशकभन्दा बढी समयदेखि जोहात्सुबारे अनुसन्धान गर्दै आएका छन्। उनले सन् ६० को दशकमा हराउन चाहेका मानिसहरूलाई व्याख्या गर्न जोहात्सु शब्दको पहिलो पटक प्रयोग हुन थालेको बताए।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार