• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
खेलकुद

खेलकुद गतिबिधीलाई तिब्र पार्ने प्रदेश नं २ का मन्त्री सिंहको प्रतिवद्धता

अनिलकुमार साह,निजगढ । प्रदेश नं २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहले प्रदेश खेलकुद ऐन आफनो पहिलो प्राथमिकता रहेको बताए ।

 

निजगढ नगरपालिकामा आयोजित नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश नं. २ को कार्यालय उद्धघाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै  उनले यस्तो बताएका हुन ।सिंहले तीन महिनाको भित्रमा ऐन ल्याई खेलकुदको काम तिब्र पार्ने प्रतिवद्धता समेत जनाएका छन ।
 

कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री सिंहले प्रदेश सरकारमा खेलकुदको अबस्था शून्य जस्तै रहेको बताउदै आफू आएपछि ऐन बनाएर काम गर्न ढिला हुने भएकोले शुरुमा कार्यबिधि ल्याएर काम अघि बनाउन लागेको बताए। तेक्वान्दो समिति र निजगढले गरेको सम्मानले काममा उर्जा थप्ने समेत उनले बताए। 

 

नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश नं। २ का अध्यक्ष पेमासिद्धि लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख एवम कार्यक्रमका बिशिष्ट अतिथि सुरेश कुमार खनाल रहेका थिए।  

 

कार्यक्रममा विशिष्ट अतिथि नगरपालिकाका नगर उपप्रमुख लिलादेवी लामिछाने , निजगढ नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष टेक बहादुर लामाले हरेक प्रतियोगितामा सहयोग गर्दै आएको र आउने दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता ब्यप्त गरेका थिए। 

 

संघ बाराका सचिब लोक बहादुर खुलालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश नं. २ का महासचिब राजकुमार लामाले स्वागत गरे । कार्यक्रममा सिनियर प्रशिक्षक बिजय शाह ठकुरी, हेमलाल श्रेष्ठ, जितसिह लामा, राजकुमार बछार लगायतको उपस्थिती रहेको थियो ।

 

सो कार्यक्रममा निजगढ क्षेत्रका पार्टी प्रमुख, पुर्व सदस्य सचिब युवराज लामा, निजगढ कवर्डहल संरक्षण समितिका अध्यक्ष मिना लामा, नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्र बहादुर लामा , सर्लाहीका अध्यक्ष बद्री बहादुर सापकामेटा, महोत्तरीका अध्यक्ष प्रमोद ठाकुर, धनुषाका अध्यक्ष तिलक लामा, लगायत आठै जिल्लाका अध्यक्ष एवम प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार