• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘मेरी बास्सै’ की चम्सुरी अस्पताल भर्ना

काठमाडौं । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् ।

 

मिर्गौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएको कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् ।

 

दीपाले आफ्नो फेसबुकमा चम्सुरी अस्पताल भर्ना भएको फोटो शेयर गर्दै सबै मिलेर स्वास्थ्य लाभको कामना गर्न सबैलाई अनुरोध गरेकी छन् । चम्सुरी टिचिङ अस्पतालको ३०५ नम्बरको बेडमा भर्ना उपचाररत छन् ।

 

अभिनेत्री  दीपाश्रीले लेखेकि छन् – कलाकार पल्पसा डंगोल हाम्री चम्सुरी teaching hospital ma kidney problem भएर ३०५ नम्बर बेडमा छिन हामी सबै मिलेर साथ र सु स्वास्थ्य को कामना गरौं ।

 

विगत १३ वर्षदेखि नियमित रुपमा ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी उनले अन्य केही सिरियल, म्युजिक भिडियोलगायत अभिनय निर्देशन समेत गरेकी छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार