• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

युरोप बाढी : कम्तीमा १२० जनाको मृत्यु

REUTERS

काठमाडौं । जर्मनी र बेनेलक्स क्षेत्रमा १२० जनाभन्दा बढी व्यक्तिको ज्यान लिएको बाढीमा हराइरहेका मानिसहरूको खोज कार्यमा उद्धार टोलीहरूले लागिपरेका छन्।

 

ती बाढीका कारण सयौँ व्यक्तिहरू हराइरहेका छन् भने हजारौँ घरबारविहीन भएका छन्। युरोपेली सङ्घका नेताहरूले जलवायु परिवर्तनका कारण उक्त खराब विपद् निम्तिएको बताएका छन्।

 

अग्रणी वैज्ञानिकहरूले खराब मौसमी गतिविधिको वास्तविक पूर्वानुमानका लागि आफूहरूलाई अब अझै शक्तिशाली कम्प्युटर आवश्यक पर्ने उल्लेख गरेका छन्। कीर्तिमानी वर्षाले भीषण बाढी निम्त्याएपछि जर्मनी र बेल्जियममा अझै पनि सयौँ व्यक्तिहरू बेपत्ता छन्।

 

स्वीट्जरल्याण्ड, लक्समवर्ग र नेदरल्याण्डमा पनि भीषण पानी परेको छ। नेदरल्याण्डका प्रधानमन्त्रीमा देशको एउटा दक्षिणी प्रान्तमा राष्ट्रिय विपद् घोषणा गरेका छन्। युरोपेली नेताहरूले उक्त विपद्लाई जलवायु परिवर्तनको असर भनेका छन्। औद्योगिक युग सुरु भएयता पृथ्वीको तापक्रम करिब १.२ सेल्सियसले बढीसकेको छ।

 

एक सय जनाभन्दा बढीको ज्यान गएको जर्मनीमा बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुअघि राष्ट्रपति फ्राँक-भाल्टर स्टाइनमायरले क्षतिका कारण आफू 'स्तब्ध' भएको बताएका छन्। नर्थ राइन वेस्टफेलिया, राइनलन्ड पालाटिनेट र सारलेन्ड वर्षाका कारण सबैभन्दा नराम्रोसँग प्रभावित भएका थिए।

 

राइनलन्ड पालाटिनेटको आरभाइलर जिल्लाका अधिकारीले शुक्रवार १,३०० जना हराइरहेको बताएका थिए। तर उनले प्रत्येक घण्टा उक्त सङ्ख्या घटिरहेको पनि उल्लेख गरेका छन्।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार