• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

कांग्रेस बाराका नेता कार्यकर्ता एक साता देखी धर्नामा,लापरबाही नसच्याए अन्तिम समयसम्म लडने अडान

काठमाडौं । क्रियाशिल सदस्यता जथाभावी बितरण गरिएको भन्दै कांग्रेस बाराका नेता कार्यकर्ता एक साता देखी धर्नामा छन । 

 

धर्नामा सहभागी नेता तथा कार्यकर्ताले  क्रियाशील छानविन समिति जिम्मेवार नभएको आरोप लगाएका छन । सदस्यता बितरणमा लापरबाही  भएको र  तत्काल सच्याउनु पर्ने उनीहरुको माग छ ।

 

धर्नामा काङ्ग्रेस नेता  राम अयोध्या यादव, लालबाबु सिंह, महागढिमाइ नपा का मेयर उपेन्द्र यादव, किशोरी यादव लगायत वडा सभापतिहरु सहभागी छन ।


 
केन्द्रिय क्रियाशिल छानबिन समितीले  न्याय नदिए जस्तो सुकै बिरोधमा उर्तिन बाध्य हुने बारा २ बाट  महाधिवेशन प्रतिनिधि एवम नेबिसघका निबर्तमान सहमहामन्त्री राजेश रौनियारले बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार