• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

भारतीय टेलिभिजन पर्दाकी चर्चित अनुहार सुरेखा सिक्रीको निधन

काठमाडौं । भारतीय टेलिभिजन पर्दाकी कलाकार सुरेखा सिक्रीको ७५ वर्षको उमेरमा निधन भएको छ। केही महिनादेखि अस्वस्थ रहेकी उनको शुक्रबार हृदयघातका कारण निधन भएको हो । 

 

सन् १९७८ मा ‘किस्सा कुर्सी’ बाट अभिनयको यात्रा सुरु गरेकी सुरेखाले सन् १९८८ मा आएको  ‘तमस’, सन् १९९५ मा रिलिज भएको ‘मम्मो’ र सन् २०१८ मा रिलिज भएको ‘बधाई हो’मा सहायक अभिनेत्रीको रूपमा अभिनय गरेकी थिइन । उनले तीन पटक राष्ट्रिय पुरस्कार जितेकी थिइन । 

 

टेलिश्रृङ्खला बालिका बधुको अतिरिक्त एक था राजा एक था रानी, परदेश मे है मेरा दिल, सात फेरे, बनेगी अपनी बातलगायतमा अभिनय गरेकी थिइन। उनी फिल्ममा आउनु अघि पत्रकार एवं लेखक बन्न चाहन्थिन् । सन १९८६ मा स्नातक उत्तिर्ण गरेपछि उनले बहिनीको लहै लहैमा नेशनल स्कुल अफ ड्रामा ज्वाइन गरेकी थिइन् ।

 

उनकी बहिनी फूलमनी नायिका बन्न चाहन्थिन् भने उनकै लहै लहैमा सुरेखा पनि अभिनयमा प्रवेश गरेकी थिइन् । बहिनीले त अभिनयमा उत्पात मच्चाउन सकिनन् तर, सुरेखाले यहि क्षेत्रमा जीवन बिताइन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार