• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

अफगान सुरक्षा बल र तालिबान लडाकूबीचको संघर्षमा भारतका फोटो पत्रकार सिद्दीकीको मृत्यु

काठमाडौं । अफगानिस्तानमा पाकिस्तानसँग जोडिएको सीमामा भारतका वरिष्ठ फोटो पत्रकार दानिश सिद्दीकीको मृत्यु भएको छ ।


 
अफगान सुरक्षा बल र तालिबान लडाकूबीचको संघर्षमा दानिशको मृत्यु भएको बीबीसीले जनाएको छ ।

 

दानिश समाचार एजेन्सी रोयटर्सका पत्रकार थिए । रोयटर्सले उनको मृत्युको पुष्टि गर्दै संघर्षका बेला एक वरिष्ठ अफगान अधिकारीको पनि मृत्यु भएको जानकारी दिएको छ ।

 

एक अफगान कमान्डरले रोयटर्ससँगको कुराकानीमा अफगानिस्तानको विशेष सुरक्षाबलले स्पिन बोल्डक शहरको मुख्य बजारलाई पुनः आफ्नो नियन्त्रणमा लिने कोसिस गरिरहेका बेला तालिबानसँग मुठभेडमा दानिश र अफगान अधिकारी मारिएको बताए ।

 

रोयटर्सका अनुसार दानिश यहि हप्तादेखि अफगानिस्तानको विशेष बलसहित कंधार प्रान्तमा तैनाथ थिए जहाँबाट उनी अफगान कमान्डो र तालिबान लडाकूबीच संघर्षको जानकारी पठाइरहेका थिए ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार