• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
अर्थ

यूनियन लाइफको आईपिओ बाँडफाँड

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड भएको छ ।

 

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान प्रि अलटमेण्ट गरी बोर्डमा प्रतिवेदन बुझाएको थियो । साथै आजै शेयर बाँडफाँडको अनुमति माग गरेकोमा बोर्डको स्वीकृति पाए लगत्तै क्यापिटलले शेयर बाँडफाँड गरेको हो ।

 

जस अनुसार इन्स्योरेन्समा सर्वसाधारणतर्फबाट ५ लाख ८० हजार ५०० जना नयाँ शेयरधनी थपिएका छन् । इन्स्योरेन्सको १० कित्ता शेयर उल्लेखित आवेदकलाई गोलाप्रथाबाट बितरण गरिएको हो ।

 

इन्स्योरेन्सले निष्काशन गरेको साधारण शेयरमा २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको थियो । उक्त आवेदन मध्ये दोहोरो आवेदन गरेका ४ हजार ८०१ र अन्य कारणले ६५ हजार १७५ वटा आवेदन रद्ध भए पछि सदर भएका आवेदनलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

 

कम्पनीको आईपिओ आवेदन गर्ने मध्ये ७० हजार आवेदन भने रद्ध भएको छ भने कुल आवेदक मध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।

 

इन्स्योरेन्सले असार २४ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता इन्स्योरेन्सका कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

 

क्यापिटलका अनुसार रिजल्ट्स डट प्रभु क्यापिटल डटकममा तथ्यांक प्रशोधनको काम सकिए पछि नतिजा अपलोड गरिनेछ । नतिजा अपलोड नहुञ्जेल उल्लेखित डोमेनमा सर्भिस टेम्पोरर्ली अनअभाइलेभल देखाउनेछ । नतिजा अपलोड भए पछि आफुलाई शेयर परे नपरेको हेर्न सकिने क्यापिटलले जनाएको छ ।

 

afF8kmfF8sf] glthfk|e' Soflk6nsf] j]j;fO6https://results.prabhucapital.com/tyfl;l8P;l;sf] j]j;fO6https://iporesult.cdsc.com.np/Pj+ o'lgognfOkmOG:of]/]G;sf] j]j;fO6https://iporesult.unionlife.com.npaf6s]xL ;do kZrft x]g{ ;lsg] Joj:yfldnfOPsf] 5

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार