• शनिबार १-८-२०८१/Saturday 04-20-2024
विचार

शेरबहादुर देउवालाई सफलताको शुभकामना

सफल प्रधानमन्त्री हुनुका निमित्त शेरबहादुर देउवा सर्वगुण सम्पन्न छन । शैक्षिक योग्यता (त्रिभुवन राजनीति शास्त्र बिषयमा स्नातकत्तोर तथा शुसानका बिषयमा झन्डै दुईबर्ष तालीम) को हिसाबले हालसम्मको सबैभन्दा उच्च शिक्षा हासिल गर्ने प्रधानमन्त्री हुन उनी। उनीसंग तीनबर्ष भन्दा लामो अवधी गृहमन्त्री, कुल मिलाएर चारबर्ष भन्दा लामो अवधी बिपक्ष दलका नेता, तथा चारपटकको गरेर कुल चारबर्ष भन्दा लामो अवधी प्रधानमन्त्री पद संचालन गरेको अनुभव छ।


युवा कालखण्डमा उनले निष्ठावान बिद्यार्थी नेताको छवी आर्जेका हुन। लोकतन्त्रको पुर्नस्थापना प्रती प्रतिबद्ध थिए। देउवाले  बिद्यार्थी आन्दोलनको क्रममा झन्डै एकदशक जेल जीवन बिताए। “अभोव दी ग्राउण्ड” र “अण्डरग्राउण्ड” लुकामारीमा उनको युवाकाल बित्यो । सुरक्षाकर्मीको मात्र होइन उनले पञ्च तथा कम्युनिष्टको चुटाइ पनि धेरै खाएका थिए। लोकतन्त्रको माध्यमबाट बिपन्नताको चक्रव्युहबाट जनसाधारणको उनमुक्ती तथा युवा आकांक्षाको उर्लिदो आकांक्षापूर्ती हुन्छ भन्नेमा उनी बिस्वस्थ हुनुपर्छ । 


अवसर 

लोकतन्त्रको पुर्नस्थापन पछि नेका पश्चिमको कमाण्डर देउवालाई २०४८ सालको निर्वाचनमा नेकालाई सुदुरपश्चिममा बिजयी तुल्याउन सफलता मिलेको थियो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले  देउवालाई गृहमन्त्री पद सुम्पिए। गृह मन्त्रालय सम्हालेको केही दिनमै संसदको बिपक्ष दल नवनिर्मित कम्युनिष्ट दल एमालेको “सडक आन्दोलनबाट सत्ताकब्जा गर्ने रणनीति” का चुनौतीको देउवाले सामना गर्नुपर्‍यो। एमालेद्वारा संचालित बन्द हडताल, टायर बालेर सडक तताउने, टुडिखेलको रेलिङ भाच्ने लगायत कर्मचारी आन्दोलन आदीको ब्यवस्थापन । बैदेशिक सम्बन्धको स्थलगत ज्ञान उनलाई भुटान सरकारद्वारा लखेटिएका भारत हुँदै नेपाल आइपुगेका शरणार्थीहरुको दुखद आगमनबाट भएको थियो । उनको प्रथम १८ महिने प्रधानमन्त्रीत्व कालखण्ड उनका निमित्त शिक्षाप्रद थियो । नेकाको आन्तरिक कलहमा रुमलिएका तीन महानायक गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई तथा गिरिजाप्रसाद कोइरालाको देउवा प्रत्यक्षदर्शी थिए । बिपरित परिस्थितीमा पनि गृहमन्त्री बन्न देउवा सफल थिए ।  


प्रधानमन्त्री

नियतीले २०५१ को निर्वाचनमा नेपाली काग्रेसले बहुमत गुमायो। आफ्नो नेतृत्वमा चुनावको पराजयलाई ध्यानमा राखेर गिरिजाप्रसादले संसदीय दलका नेता पद शेरबहादुरलाई सुम्पिए। नेकाको समर्थन फिर्ता लिएपछि नौ महिना लामो अल्पमतको एमाले सरकार पतन भयो । शेरबहादुर प्रधानमन्त्री नियुक्त भए । प्रधानमन्त्री पद सम्हालेको केही दिन मै उनले प्रचण्ड बाबुरामले छेडेको शसस्त्र द्वन्द्वको भार थेग्नुपर्‍यो। गिरिजाप्रसादको कपभोजनमा परेर उनको प्रथम प्रधानमन्त्री कार्यकाल १९ महिना मै समापन भयो । दोश्रो (१४ महिना) तथा तेश्रो ९ (महिना) कार्यकाल खुलेआम “हात बाधेर टुलुटुलु हेरेर बस्न” नचाहने संबैधानिक राजाको सक्रिय हुने महत्वकांक्षाका उनी शिकार भए । राजालाई लोकतन्त्र सुिम्पएको, माओवादी नेताहरुको मुल्य तोकेको (टाउको काटेको चाँही होइन) तथा पार्टी बिभाजन गरेको पगरीहरु उनले पहिरिए। नौ महिना लामो चौथौं प्रधानमन्त्रीत्वकाल कलंकित साबित भयो । कम्युनिष्टहरुको कठपुतली कहालिए । प्रथम निर्वाचनमा उनलाई सफलताको ख्याती मिलेको थियो भने २०७४ को निर्वाचनमा नेकाले ब्यहोरेको “लज्जास्पद” हारले सर्वत्र “काण्डमेसन ।”

 

पाचौं पटक प्रधानमन्त्री पद ओलीले भने जस्तै देउवालाई न्यायलयको परमादेशद्वारा प्राप्त भएको हो। ओलीले प्रष्ट पार्न नचाहेको तथ्य चाँही यदी उनले प्रधानमन्त्री तथा राष्ट्रपति जस्तो गरिमामय पदहरुलाई नियम कानुनको मिच्न प्रयोग नगरी दिएको भए किमार्थ देउवालाई यो अवसर मिल्ने थिएन। त्यसो त देउवालाई प्रथम पटक प्रधानमन्त्री पद प्राप्त हुनुमा पनि एमाले कै योगदान छ। अल्पमतको सरकारले सहमती तथा सहकार्य गर्दै अघी बढेको भए त्यसबेला पनि सायद देउवालाई प्रधानमन्त्री पद प्राप्त हुने थियो । मत्ताहात्ती जस्तो भएर संसदीय मायार्दा कायम गर्न असफल हुँदा कै परिणाम देउवाका निमित्त बरदान साबित भएको थियो । 


ओरालो उन्मुख लोकप्रियता 

बिडम्बना पाचौंपटक प्रधानमन्त्री पद प्राप्त गर्दाको देउवाको राजनीतिक लोकप्रियता भने तीनदशक पूर्वको जस्तो शसक्त किमार्थ छैन। अधिकांस नागरिकहरु खुसी छन चटकी, भ्रष्ट, धुन्दकारी नेताबाट उन्मुक्ती पाएकोमा । तर, उनीहरु बिस्वस्त छैनन् देउवाको शासनकाल ओलीको भन्दा पृथक हुन्छ भन्नेमा । प्रचण्ड, माधव नेपाल, बाबुराम र उपेन्द्र यादवको चक्रव्युहमा फसेका छन देउवा जसको बिगतको शासनकाल सुखद थिएन, आउँदा दिनहरुमा उपलब्धीमुलक होला भनेर आमनागरिकले कसरी पत्याउने ?  


चुनौती नै चुनौती 

खड्गप्रसादले थुपारेको फोहरमैलाको डुंगुर ऐतिहासिक छ। साढे तीनबर्षको अवधीमा ओलीले मुलुकबासीलाई अल्मलाउँदै झुक्काए । अरु त अरु कोभिड महामारी फैलिने त्रसित नागरिकलाई औषधी उपचारको ब्यवस्था गर्नुको साटो त्यसलाई कमाउने अवसरका रुपमा प्रयोग गरे । चुच्चे नक्सा बनाए भनेर छाती ठोक्दा ओलीले उक्त नक्सा पाठ्यपुस्तकबाट प्रकाशन हुनसम्म पनि दिएनन् । अपराधी तथा भ्रष्टाचारीहरुको संरक्षणका निमित्त ओलीले निर्मला पन्त हत्याकाण्ड देखि सुनकाण्ड, वाइडबडी एयरबसकाण्ड,पासपोर्टकाण्ड लागायत सत्ताशीन हुँदाको आखिरी दिनसम्म पनि अनेक काण्ड मच्चाए तर उनको छानवीनसम्म पनि हुन दिइएन । ओलीले छाडेको बिरासत सम्हाल्न जतिसुकै योग्य अनुभवी प्रधानमन्त्रीका निमित्त पनि महाभारत पर्ने निश्चित छ । कमजोर राजनीतिक धरातलमा उभिएका शेरबहादुरका निमित्त ओलीले छाडेको बिरासत अभिसाप हुने जोखिम अत्यन्त बृहत छ । 


सफलताको असली शुभकामना 

शेरबहादुरलाई शुभकामना सन्देश दिन फुलमालाको भारी बोकेर हिजोका दिनदेखि लाम लाग्दैछन। आउँदा दिनहरुमा बालुवाटार पुगेर बधाई तथा शुभकामना “टक्रयाउने” को संख्या पनि अपार हुने निश्चित छ। अडकल काट्न कठिन छैन त्यसरी बधाई तथा शुभकामना सन्देश दिन हाजिर हुनेहरुमध्य अधिकांशका निमित्त उनीहरुको स्वार्थसिद्धिको मापनबाट शेरबहादुरको सफलताको मापन हुनेछ। शुभकामना दिन आउने भीडबाट मख्ख पर्नुको साटो शेरबहादुर देउवाले आत्मलोचनाका निमित्त अत्याधिक समय व्यतित गरे भने उनका निमित्त सो सयम बढी उत्पादक हुनेछ। गुम्दै गएको लोकप्रियताको कारण खोज्नेतर्फ उनको ध्यान गयो भने इतिहास दोहरिने छैन । 


देउवाको लोकप्रियता गुम्दै जानुका पछाडिको प्रमुख कारण थुप्रै होलान तर प्रमुख दुई कारण हुन (क) आफ्नो सामुन्ने देखा पर्नेहरुको स्वार्थहीत रक्षाका निमित्त लागिपर्ने उनको आदत र (ख) शक्ति अवधी लम्व्याउन मरिहत्य गरेर सौदाबाजी गर्ने अघि पर्ने उनको चरित्र । सामुन्ने उभिएका भिडलाई भन्दा उनी करोडौं नेपालीको स्वार्थहीतलाई प्राथमिकता दिने र सत्ता लम्व्याउने बिगतको आदतलाई तिलानजली दिँदै मायार्दित प्रधानमन्त्रीको कार्यकालका निमित्त शुभकामना । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार