• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

इंग्ल्यान्ड पराजित, इटालीलाई युरोकपको उपाधि

काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ ।

 

९० मिनेटको निर्धारित समयमा १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३-२ ले विजयी भएको हो । उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो ।

 

टाइब्रेकरमा पहिलो प्रहार गर्न आएका इटालीका डोमेनिको बेरार्डीले सहजै गोल गरे। इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि आफ्नो पेनाल्टीमा कुनै गल्ति गरेनन् । दोस्रो प्रहारमा आन्द्रीए बेलोट्टीको प्रहार पिकफर्डले बचाएपछि इंग्ल्यान्डले अघि बढ्ने अवसर पाएको थियो। ह्यारी मगाएरले शक्तिशाली प्रहार टप कर्नरमा गोल गरेपछि इंग्ल्यान्ड अघि बढेको थियो ।

 

तेस्रो प्रहारमा इटालीका लिओनार्दो बोनुचीले गोल गरे । लगत्तै मार्कस रासफर्डको प्रहार पोस्टमा लागेर बाहिरिंदा खेल बराबरीमा पुगेको थियो। चौथो प्रहारमा बर्नार्डेसकीले सिधै प्रहारमा गोल गर्दा जेडन सान्चोले पेनाल्टीमा गोल गर्न नसक्दा इटालीले अग्रता लिएको थियो । 

 

पाँचौ प्रहारमा जर्जिन्होले गोल गर्न चुकेपनि त्यसपछि बुकायो साकाको प्रहार डोनारुम्माले बचाएपछि इटालीले ३(२ को जित हात पार्दै उपाधि जितेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार