• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयलाई होप काउन्सिलको ज्ञापन पत्र

काठमाडौं । होप स्टुडेन्ट वेलफेअर काउन्सिलले विश्वविद्यालयका विभिन्न कमि कमजोरी अन्योलता र बिद्यार्थी भविष्य माथिको लापरबाही औल्याउदै परिषदले सुझाव सहित ज्ञापन पत्र बुझाएको छ।

 

विश्वविद्यालयले शैक्षिक सत्र लम्बिएको अबस्थामा विश्वविद्यालयले जिम्मेवारी पुरा नगरेको उनीहरुको आरोप छ ।

 

आन्तरिक कर्मचारीको समस्याका कारण विद्यार्थीको नियमित परिक्षा प्रकाशन गर्न ढिलाइ गरेको उल्लेख गर्दै प्रयोगात्मक कक्षाहरुलाई प्रभावकारि बनाउन कुनै बिशिस्ट कार्यबिधि नबनाएको र बिद्यार्थीमा अन्योलता सृजना गर्न खोजेको भन्दै खबरदारी गर्न ज्ञापन पत्र बुझाइएको परिषदका सभापति विनोद शाही ठकुरीले उल्लेख गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार