• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
प्रविधी

१० लाख डलर पाउने हल्ट प्राइज प्रतियोगितामा पुल्चोक क्याम्पसमा अध्ययनरत चार विद्यार्थीको प्रदर्शन,च्याउ उत्पादन गर्ने मेसिन ‘मशूर’

काठमाडौं । विद्यार्थीहरुका लागि नोबेल पुरस्कारको रुपमा चिनिएको विश्व प्रसिद्ध ‘हल्ट प्राइज प्रतियोगिता’ मा नेपालका विद्यार्थी ४२ औं स्थानमा उक्लिएका छन् । उनीहरुले च्याउ उत्पादन गर्ने मेसिन ‘मशूर’ बनाएका हुन् ।

 

हल्ट प्राइजमा यस वर्षको थिम‘हल्ट प्राइज २०२१ फूड फर गुड’ राखिएको छ । प्रतियोगितामा हरेक देशका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका नयाँ प्रविधि बीच प्रतिस्पर्धा गराइन्छ ।

 

यस वर्ष विश्वभरका १ सय २१ देशबाट ३ सय भन्दा बढी विश्वविद्यालयका ३ लाख बढी विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका छन्। विद्यार्थीहरुका लागि विश्वमै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा लिएको यस प्रतियोगितामा प्रथमहुने विद्यार्थीले दश लाख अमेरिकी डलर बराबरको पुरस्कार पाउनेछन् ।

 

पुल्चोक क्याम्पसमा अध्ययनरत चार विद्यार्थी शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई र सोनी पोखरेलले च्याउ खेति गर्ने नयाँ प्रविधिको विकास गरेका हुन्। उनीहरुले विकास गरेको प्रणाली अन्तर्गत घरमै च्याउ फलाउने, फलाएर व्यापार तथा आय आर्जन गर्न सकिने र परम्परागत च्याउ खेती गरिहेकाहरुलाई सहजता हुने बताइएको छ।

 

उनीहरुका अनुसार पारिवारिक आवश्यकतालाई मध्यनजर गरी प्रतिमहिना ८ केजी र व्यापारिक तथा पेशागत कृषिलाई ध्यानमा राख्दै प्रति महिना ३६ केजीसम्म च्याउ उत्पादन गर्न सकिने मेशिनको विकास गरिएको हो। स्मार्ट प्रविधि मार्फत् त्यसभित्रको हावापानी नियन्त्रण गर्न सकिने र मेशिनको उपयोग गरी बाह्रै महिना उत्पादन गर्न सकिने उनीहरुको दाबी छ । यस घरेलु खेती प्रणलीलाई हाल काठमाडौँ उपत्यकामा सञ्चालन गर्ने उनीहरुको तयारी छ भने निटक भविष्यमै उपत्यका बाहिर लैजाने उनीहरुको सोच छ ।

 

मशूर नाम दिइएको यो प्रविधि काठमाडौँमा आयोजित ‘काठमाण्डू इम्प्याक्ट समिट’ प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो । यस वर्षको ‘हल्ट प्राइज टप ४२’ भित्र प्रवेश गरेको मशूरले फाइनल प्रतिस्पर्धा आगामी अगष्ट ८ मा लन्डनमा गर्दैछ । 

 

सो प्रतियोगितामा सहभागी हुनका लागि विद्यार्थीहरुले अन्तिम तयारी गर्दैछन्। तर, ट्राभल र क्वारिन्टीनको खर्च आफैले बेहोर्नु पर्ने भएकाले विद्यार्थीहरुले आम नागरिक समक्ष सहयोगको समेत अपील गरेका छन। इच्छुकले निम्न माध्यामबाट सहयोग गर्न सक्नुहुने छ ।

 

https://gofund.me/894dbf0d

 

Khalti : 9860436427

Nirdesh Bhattarai

 

E- Sewa: 9860938474

Shishir Panta

 

Bank Account:

Account No.- 02000501210190

Account Name - Prashant Bhatta

Bank Name- Everest Bank

Branch - Balaju

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार