• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

टिकटकले बालबालिकाका ७३ लाख एकाउन्ट बन्द गरिदियो

काठमाडौं । टिकटकले १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ ।

 

यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो ।

 

टिकटकले पहिलोपटक आफ्नो सामुदायिक निर्देशिका कार्यान्वयन प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो । प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्नका लागि कम उमेरका प्रयोगकर्ताको विस्तृत विवरण सहयोगी बन्ने टिकटकले जनाएको छ ।

 

त्यस्तै यस अवधिमा १९ लाख २१ हजार ९०० वटा विज्ञापनहरु विज्ञापन नीति तथा निर्देशिका उल्लंघन गरेको भन्दै अस्विकार गरेको हो । रिपोर्ट अनुसार टिकटकको निर्देशिका तथा प्रयोगका शर्त उल्लंघन गरेका कारण खारेज गरिएका कुल एकाउन्टको संख्या एक करोड ११ लाख ४९ हजार ५१४ रहेको छ । बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार