• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

बाढी पहिरो पीडित ग्राहकलाई स्मार्टको सय रुपियाँ ब्यालेन्स

काठमाडौं । स्मार्ट टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जामा बाढी पहिरोबाट सिर्जना भएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँका सम्पूर्ण स्मार्ट प्रयोगकर्तालाई एक सय रूपियाँका दरले ब्यालेन्स उपलब्ध गराएको छ ।

 

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो क्षेत्रका आफ्ना प्रयोगकर्तालाई ब्यालेन्स उपलब्ध गराएको हो ।

 

उपलब्ध गराइएको ब्यालेन्स ग्राहकलाई यस कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारहरुसँग नियमित सम्पर्क गर्न सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।

 

उक्त ब्यालेन्स रकमबाट स्मार्ट नेटवर्कभित्र अननेट कल गर्न तथा डेटा चलाउने सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार याे ब्यालेन्स ७ दिनसम्म मान्य रहनेछ ।

 

यस विषयमा थप जानकारीका स्मार्ट ग्राहकले १४२४२ अथवा ९६११००४२४२ मा सम्पर्क गर्नसक्ने जनाइएको छ । अथवा स्मार्ट टेलिकमको वेबसाइटमार्फ पनि यस विषयमा जानकारी लिन सकिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार