• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

पत्रकार ज्ञानु श्रेष्ठ माथी भएको दुर्व्यवहारको घटनाप्रति डब्लुडब्लुजेको ध्यानाकर्षण

काठमाडौं  । अन्नपूर्ण टाइम्सको सह-सम्पादक  ज्ञानु श्रेष्ठलाई कोभिड-१९ विरुद्धको खोप दुरुपयोग भएको विषयलाई लिएर समाचार लेखेको भन्दै  रामेछाप नगरपालिका ६ स्थित जनकल्याण मा वीका शिक्षक ख्यान वहादुर श्रेष्ठले दुर्व्यवहार  गरेको घटनाप्रति क्रियाशीलपत्रकार महिला (डब्लुडब्लुजे) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  ।


 

विज्ञप्तिमा समाचार चित्त नवुझेमा कानुनी उपचार खोज्ने ढोका खुल्ला हुदाँहुदै गालिगलोज तथा कुटपिट सम्मको धम्की दिनु समग्र पत्रकार र पत्रकारिता पेशालाई नै अपमानित र अमर्यादित शव्द प्रयोग गर्नु निन्दनीय विषय भएको उल्लेख छ ।

 

'स्वतन्त्र रुपमा पेशागत कर्ममा जुटेका पत्रकारमाथि गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो'  डब्लुडब्लुजे रामेछाप जिल्ला अध्यक्ष श्रेष्ठलाई अपशव्द प्रयोग गर्दै पत्रकारहरुलाई वाटोमा नै कुटपिट गर्नेसम्मको धम्कीदिएको महासचिव चन्दा विष्टद्वारा जारी  विज्ञप्तिमा उल्लेख छ ।

 

 घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन डब्लुडब्लुजेले जोडदार माग गरेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार