• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

कोपा : ब्राजिलको लगातार दोस्रो जित, पेरु ४-० ले पराजित

काठमाडौं । ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित निकालेको हो ।

 

ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक एक गोल गरे। खेलको १२ औं मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले ग्राबियल जिससको पासमा गोल गरेका थिए ।

 

खेलको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २(० को अग्रता दिलाए । फ्रेडमा पासमा उनले गोल गरेका थिए । यस्तै खेलको ८९ औं मिनेटमा एभर्टनले गोल गर्दा ब्राजिलले ३-० को अग्रता बनायो । रिचार्लीसनको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।

 

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सव्सिच्युट रिचार्लीसनले गोल गर्दै ब्राजिलाई ४–० को सानदार जित दिलाए । ४६औं मिनेटमा गाब्रियल बार्बाेसाको स्थानमा मैदा छिरेका रिचार्लीसनले रोबर्टो फिर्मिनोको प्रहार रिवाउन्ड हुदा दोस्रो प्रयासमा गोल गर्न सफल भएका थिए । 

 

यस जितसँगै समूह 'बी' मा रहेका ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ । ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ । ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको थियो । पहिलो खेल खेलेको पेरुको यो पहिलो हार हो । पेरु समूहको पुछारमा रहेको छ ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार