• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

युरोकपमा युक्रेनको पहिलो जित

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा युक्रेनले पहिलो जित निकालेको छ ।

 

बिहीबार भएको खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले पहिलो जित निकालेको हो। युक्रेनलाई जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल गरे। नर्थ म्यासेडोनियाका एजान एलिओस्कीले एक गोल फर्काए।

 

खेलको २९ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै खेलको ३४ औं मिनेटमा यारेमचुकले गोल गर्दै युक्रेनलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

 

खेलको ५७ औँ मिनेटमा एलिओस्कीले एक गोल फर्काएपनि टिमले जित्न सकेन। यस्तै खेलको ८४ औँ मिनेटमा युक्रेनका रुस्लान मालिनोभ्सकीको पेनाल्टी  शुट मिस भएको थियो  ।

 

जितसँगै समूह ‘सी’  मा रहेको युक्रेनले २ खेलमा ३ अङ्क जोडेको छ । युक्रेन समूहको तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार