• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

पत्रकार शाह माथी भएको दुर्व्यवहार र कुटपिटको घटनाप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य तथा देश दैनिक डटकमका सम्पादकरप्रकाशक पारशविक्रम शाहमाथि समाचार संकलनका क्रममा प्रहरी सहायक निरीक्षक प्रतिभा सिंहले दुर्व्यवहार र कुटपिट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  ।


 
आज विहान समाचार संकलनका क्रममा स्वयम्भू पुगेका पत्रकार शाहलाई प्रहरी सहायक निरीक्षक सिंहले सूचना विभागबाट जारी पत्रकार परिचयपत्र देखाउँदा देखाउँदै पनि ‘विहान के रिपोर्टिङ, कस्तो रिपोर्टिङ’ भन्दै दुव्र्यवहार गर्दै कुटपिट गर्नुका साथै तत्पश्चात स्वयम्भू प्रहरी वृत्त लगेर थापा थरका प्रहरी जवानले लाठी र बुट हान्दै बन्दुक तेर्साएर ठीक पार्ने धम्की दिएको महासंघमा जानकारी प्राप्त भएको उल्लेख छ ।


 
'स्वतन्त्र रुपमा पेशागत कर्ममा जुटेका पत्रकारमाथि प्रहरीबाट गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ पत्रकारको पेशागत स्वतन्त्रतामाथि आघात पु¥याउने र पत्रकार त्रसित बनाउने प्रहरीको यो ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ ।' महासचिव रोसन पुरीद्वारा जारी  विज्ञप्तिमा उल्लेख छ ।

 

 घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन महासंघले जोडदार माग गरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार