• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

कोरोना कहरमा हातेमालो : भोकालाई भोजन जुटाउदै छन यी सारथीहरु

काठमाडौं । बीपी स्टडी युथ सर्कलको  निशुल्क खाना वितरण अभियानले आज १४ औँ दिनपुरा गरेको छ। यो अभियानलाई यहाँसम्म ल्याउन स्वदेश तथा बिदेशमा रहेका सयौंं मनकारीहरुको अहम भूमिका रहेको छ ।

 

युथ सर्कल बागमती प्रदेश र नुवाकोट कार्यसमितिले संयुक्त रुपमा सञ्चालन गरेको खाना वितरण अभियानमा काङ्ग्रेस नेतृ ,दुप्चेश्वर गाउँ पालिका उपाध्यक्ष अन्जु आचार्यले  १० हजार सहयोग गरेकी छन ।

 

यस्तै काठमाडौ माछापोखरी घर भई हाल अध्ययन तथा रोजगारका लागि अमेरिकामा रहेका  एलिश राज बस्नेतले  'कोहि पनि भोको पेट नरहुन' भन्ने उदेश्यले सुरु भएको निशुल्क खाना बितरण अभियानलाई ३५ हजार  आर्थिक सहयोग  गरेका छन । उक्त सहयोग उनले नेपालमा रहेका बुवा केशब राज बस्नेत मार्फत हस्तान्तरण गरेका हुन । 

 

बीपी स्टडी युथ सर्कलको  निशुल्क खाना वितरण  अभियानमा  दुर्गा गिरीले खाद्यन्न तथा पिउने पानी उपलब्ध गराएकी छन । निशुल्क खाना बितरण अभियान निषेधाज्ञा अवधीभर जारी रहने वीपी युथ सर्कल बागमती प्रदेशका अध्यक्ष सुमन गिरी र सुबास कट्टेलले जानकारी दिएका छन ।

 

बीपी स्टडी युथ सर्कलु ले बिगत १४ दिन देखी काठमाडौंमा दैनिक रुपमा ५०० जना भन्दा बढीलाई निशुल्क खाना खुवाउँदै आइरहेको छ। हालसम्म यस अभियानले ७ हजार बढीलाई निशुल्क खाना वितरण गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार