• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थप २ हजार ६०७ जनामा कोरोना पुष्टि, ३९ संक्रमितको मृत्यु 

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४० हजार ४० पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४८४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यस्तै  पछिल्लो २४ घण्टामा देशभर २ हजार १४१ जना निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ ।देशभर १२ हजार ४८४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३३ लाख ७६ हजार १६९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

 

यसैगरी पछिल्लो २४ घण्टामा थप ३९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार