• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने प्रधानमन्त्रीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने दावी गरेका छन ।

 

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा ओलीले बुझाएको जवाफमा विपक्षी शेरबहादुर देउवाले माग दावी पेश गर्दा आफूलाई प्रधानमन्त्री नियुक्त  गर्न माग गरेपनि त्यो कार्य अदालतले गर्न नसक्ने जिकिर गरिएको हो । 

 

शेरबहादुर देउवाको दावी अनुसार प्रधानमन्त्री बनाइए पञ्चायती निर्दलियता ब्युँतने दावी प्रधानमन्त्री ओलीले गरेका छन। २०१६ को संविधान वा २०६३ को संविधानमा जस्तो प्रधानमन्त्रीलाई निर्वाचन गर्ने व्यवस्था विद्यमान संविधानमा नराखिएको ओलीले जवाफमा उल्लेख गरेका छन् । १८ बुँदे जवाफमा प्रधानमन्त्री ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने अडान राखेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार