• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

‘पार्टीलाई मिलाउनुस् कमरेड’

काठमाडौं । नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् । 

 

थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई बुधबार महासचिव पोखरेलले भेट गरेका थिए ।‘पार्टी मिलाउनुस् कमरेड’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । 

 

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गएको जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । पूर्वप्रधानमन्त्री खनाल बुधबार दिउसो भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार