• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
अर्थ

उद्योगी–व्यवसायी देखि मजदुर सबैलाई दुवै चरणको खोप उपलब्ध गराउन चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योगी–व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

 

कोभिड–१९ को दोस्रो चरणको महामारीले उद्योगी तथा व्यवसायीहरुलाई आक्रान्त बनाएको र समयमै कोरोनाविरुद्धको खोप उपलब्ध नहुँदा व्यावसायिक क्षेत्रको आत्मबलमा ह्रास आएको चेम्बरले जनाएको छ ।

 

मुलुकमा निषेधाज्ञाका कारण अधिकांश व्यवसायहरु बन्द अवस्थामा रहेको र अर्कोतर्फ कोरोनाविरुद्धको खोप उपलब्ध नभएकोले यसबाट उत्पन्न विषम परिस्थितिका कारण उद्योग, व्यवसाय सञ्चालन गर्नसमेत चुनातीपूर्ण अवस्था सिर्जना हुन गएको उल्लेख गरिएको छ ।

 

यस परिस्थितिमा उद्योग तथा व्यवसाय सञ्चालनका सिलसिलामा अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने भएकोले समग्र निजी क्षेत्र जोखिमयुक्त वर्गमा पर्ने चेम्बरले जनाएको छ ।

 

 

 नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु, चेम्बरसँग आबद्ध रहेका वस्तुगत संघ, आबद्ध संघ, द्धिराष्ट्रिय व्यापार संघ, प्रदेश, जिल्ला तथा नगरस्तरीय चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु, चेम्बरअन्तर्गत गठित केन्द्र तथा जिल्लाअन्तर्गत गठित महिला चेम्बरका पदाधिकारी तथा सदस्यहरु तथा चेम्बरअन्तर्गतका समस्त किराना व्यवसायीहरु, उद्योगीहरु एवम् उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदुरलाई दुवै चरणको खोपको व्यवस्थाको माग गरेको छ ।

 

 

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मबल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजस्वमा योगदान पुग्ने चेम्बरले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार