• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
देश/प्रदेश

उद्दार र राहतका निम्ति सरकारले युद्धस्तरमा काम गरोस् : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले बाढी प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार र राहतका लागि लाग्न सरकारसंग अपिल गरेका छन् । 

 

 'केही दिनदेखिको अबिरल बर्षाको कारण सिन्धुपाल्चोक लगायत देशका बिभिन्न भागहरुमा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दछु।पिडितहरूको उद्दार र राहतका निम्ति सरकारले तत्काल युद्धस्तरमा काम गरोस् भन्ने आग्रह गर्दछु।', थापाले सामाजिक संजालमा लेखेका छन ।

 

अध्यक्ष थापाले पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन पनि  निर्देशन दिएका छन ।  

 

सोमबार साँझबाट इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको  मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो क्षती पुगेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार